२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभापति निधि डेनमार्क प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले त्यहाँका मतदाता, युवा, महिलालगायतका समूहसँग भेटेर कुराकानी गर्नुहुनेछ ।

निर्वाचनको दिन मतदानस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको र त्यसको भोलिपल्ट राजनीतिक दलका नेतासँग अन्तक्र्रिया गर्नुहुने सचिवालयले जनाएको छ । डेनमार्क बाहिर डीआइपीडीको नेपाल पहिलो सदस्य मुलुक हो ।

जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलको प्रतिनिधित्वसहित सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।