६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलो मेयर पालुङटारमा



अ+ अ-

गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ ।

नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधैँ नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिनसक्नेछन् । त्यस्तै नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा भएमा पनि कार्यक्रममार्फत नागरिकले जानकारी लिनसक्ने श्रेष्ठले बताउनुभयो ।

“विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ । नगरवासीको आवश्यकता के छ भन्ने कुराको जानकारी लिन नगरवासीले अब कार्यालय नै धाउनु पर्दैन”, नगरप्रमुख दीपकबाबु कँडेलले भन्नुभयो । नगरपालिकाका कमी कमजोरीबारेमा समेत अब चाहेमा सिधैं नगरप्रमुखलाई सोध्न वा खबरदारी गर्न पाइनेछ ।

यो सेवामार्फत नगरपालिकाका लागि आवश्यक रचनात्मक सुझाव दिन सकिने व्यवस्था मिलाइएको नगरप्रमुख कँडेलको भनाइ थियो । गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासाको नगरप्रमुखले बुझेर जानकारी गराउने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसबाट नगरपालिकाभित्रका समस्या तत्कालै जानकारी लिन र दिनसक्ने तथा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सिधैँ नगरप्रमुखलाई नै गराउनसक्ने व्यवस्था भएको उहाँको भनाइ थियो । “नगरपालिकाभित्रका समस्यालाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा जान यो सेवाले सहज हुने अपेक्षा गरेका छौ”, नगरप्रमुख कँडेलले भन्नुभयो । यसका लागि शुल्क तिर्नुपर्दैन । –––