६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री परीक्षण कार्यक्रम सफल हुँदै



अ+ अ-

काठमाडौं । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको चैत १६ गते हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो कार्यक्रम मकवानपुरलगायत पाँच जिल्लामा शुरु भएको छ । परियोजनाअन्तर्गत गरीब, विपन्न, दलित, अपाङ्ग, जनयुद्धका घाइते तथा द्वन्द्वपीडित लगायतका लागि नसर्ने रोगको पहिचान गरिनेछ ।

आर्थिक अभावका कारण लक्षित वर्गको रोग पहिचानमा समस्या हुने गरेको छ । जसकारण उपचारमा ढिलाइ भई युवा अवस्थामा नै ज्यान गुमाउने परेको अवस्था विधमान छन् । रोग पहिचानका लागि शुरु गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको सेवाग्राही बताउँछन् । कार्यक्रम शुरु भएको दुई महीनामा हेटौँडा अस्पतालमा करीब ७०० सेवाग्राहीले यो सेवा लिएका छन् ।

अस्पतालका स्वास्थ्यकर्मी अनन्त बाँस्कोटाले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि यसलाई यो प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।