६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्तिजन्य पदार्थ नियन्त्रणमा योगदान दिएकोमा सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत



अ+ अ-

काठमाडौं । जनचेतनामूलक चित्र राख्न नमान्ने सूर्य टोबाको प्रालिलाई अदालतमा उभ्याउने सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत भएका छन्। सरकारको नीतिअनुसारको आदेश पालना नगर्ने सूर्य टोबाकोलाई कानुनी दायरामा ल्याएको भन्दै सुवेदीलाई सरकारले पुरस्कृत गरेको हो ।

सुवेदीले काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख रहँदा सूर्य टोबाकोमा छापा मारेर कारबाही थालेका थिए। स्वास्थ्य मन्त्रालयले सहसचिव सुवेदीले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेबापत पुरस्कृत गरेको हो।

उनलाई स्वास्थ्यमन्त्री ब्लुमवर्ग पुरस्कार प्रदान गरिएको छ। उनकै कार्यकालमा काठमाडौंमा जथाभावी धूमपानमा रोक लगाउनुका साथै यसको बिक्रीवितरणमा समेत कडाइ गरिएको थियो। सुदीलाई दोसल्ला ओढाएर ५० नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो।