६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत



अ+ अ-

उदयपुर । उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।

सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा पवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । यसअघि २५ शैययाको कटारी अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जाने गरेका थिए ।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएको बताउनुभयो । “अब कटारी क्षेत्र, ओखलढुङ्गाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्ेकेरीलाई सहज भएको छ”, उहाँले भन्नुभयो । दुई वर्ष अघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो । चिकित्सक र तालीम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन् । नगरप्रमुख श्रेष्ठले सफल रुपमा प्रसूति गराउने टोलीलाई रु ५० हजार पुरस्कारसमेत प्रदान गर्नुभएको छ । जिल्ला अस्पताल गाइघाटले भने २०६७ देखि नै प्रसूतिसेवा शुरु गरेको हो ।