१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेल पनि राजनीतिमा, आजै नयाँ दल घोषणाको तयारी



फाइल फोटो
अ+ अ-

 

काठमाडौँ – नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘नेपाल सुशासन पार्टी’ नामक नयाँ दल घोषणाको तयारी गरेका छन् ।

प्रहरीबाट अवकाश भएपछि सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनले देश विकास हुन नसकेको भन्दै खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न नयाँ दल आवश्यक रहेको बताउँदै आएका छन् ।

साथै नयाँ दलले मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्य राखेको बताएका छन् ।