१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
अ अ+ अ-

काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने महाशाखाले जनाएको छ। दिउँसोतिर मौसम खुले पनि फेरि बादल लागेर अपराहन्न तथा बेलुकातिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।

पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको उनले बताए।

शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको भएको थियो ।

न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए।

पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ । यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उनले बताए ।

उनका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन। केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताए।

उनका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा ) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ।

नेपालमा सामान्यतया जुन १० बाट मनसुन सुरु हुन्छ। तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ।