६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको मुख्यमन्त्री पौडेलसँग भेट



अ+ अ-

हेटौंडा । अस्पताल भर्ना भएका प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणि पौडेलसँग नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।

प्रधानमन्त्री आलीले मुख्यमन्त्री पौडेललाई अस्पतालमै भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका थिए । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ छन् । निकै सक्रिय दिनचर्या भएका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको अनुसार मुख्यमन्त्रीको मुटुको शल्यक्रिया गरिएकोले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।


प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोख्रेल, तीन नंब्र प्रदेश प्रमुख अनुराधा कोईरालाले भेट गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।