५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दिनमा पूँजीगत खर्च बढ्छः सत्ता पक्ष, बजेट सङ्घीयता विरोधी छः प्रतिपक्ष



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्रप्रसाद पाण्डेले वित्तीय अनुशासनलाई ख्याल राखेर ल्याइएको बजेट नेपाली जनताको अपेक्षा र सही मार्गदर्शनअनुरुप भएको टिप्पणी गरे ।

पूर्वअर्थमन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्था भएकाले आगामी दिनमा पूँजीगत खर्च बढ्नेछ, सामाजिक सुरक्षासम्बन्धी नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउनेछ ।”

प्रमुख प्रतिपक्ष दलका मीन विश्वकर्माले अप्ठ्यारो र गलत दिशातर्फ उन्मुख रहेको यस पटकको बजेटले देशको विकास र जनताको हितमा योगदान दिन नसक्ने प्रतिक्रिया दिए । उनले भने, “राष्ट्रिय पूँजीको संरक्षण गर्ने विषयमा बजेट बोल्दैन, बजेटले आन्तरिक ऋण बढाउने पक्कापक्की भएको छ, भन्सार दर समायोजन त्रुटिपूर्ण छ ।

राजपाका राजेन्द्र महतोले ५१ प्रतिशत जनसङ्ख्या रहेको तराई –मधेशमा कति बजेट विनियोजन भएको छ भनी प्रश्न गर्दै बजेट विभेदकारी भएको धारणा व्यक्त गरे । उनले भने, “बजेट सङ्घीयता विरोधी ढङ्गबाट आएको छ, यसले सङ्घीयतालाई स्थायित्व दिन योगदान गर्दैन ।”

समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले सङ्घीयताको मर्म र भावनाविपरीत तथा प्रदेश र स्थानीय तहलाई अघि बढाउने पक्षमा बजेट नरहेको बताउँदै कार्यान्वयनको सुनिश्चितता कम रहेको टिप्पणी गरे ।

उनले भने, “सङ्घीयताको मर्मलाई पूर्ण आत्मसात् गर्न नसकेको बजेटले मातृभाषालाई उपेक्षा गरेको छ, प्रदेश र स्थानीय तहलाई साँघुरो बनाउने ढङ्ग देखाएको छ, समावेशिताको सिद्धान्तलाई बेवास्ता गरेको छ । विनियोजनका हिसाबले प्रदेशलाई विश्वविद्यालयजस्तो बनाउने ढङ्गबाट ल्याइएको छ ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले धनी र गरीब वर्गबीचको खाडल झनै बढाउने ढङ्गबाट बजेट आएको र यो झुटको पुलिन्दाको रुपमा रहेको बताए । उनले भने, “मजदूर, किसान र कामदारको पक्षमा बजेट छैन, कृषि, शिक्षा, स्वास्थ्यमा बजेटले ध्यान दिएको छैन ।

दलित र विपन्नलाई छात्रवृत्ति दिन माग

राष्ट्रियसभामा आजदेखि बजेटमाथि सामान्य छलफल शुरु भएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७६र७७ राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल शुरु गरेका हुन् ।

सांसद राधेश्याम अधिकारीले सङ्घीयतामा विकासको आधारभूत काम स्थानीय तह र प्रदेशतहबाट हुनुपर्नेमा सुझाव दिए । उनले शिक्षामा जम्मा बजेटको १०.६ प्रतिशत छुट्याए पनि दलित र विपन्नलाई छात्रवृत्ति दिने कुरा संविधानमा व्यवस्था गरेपछि सोअनुसार गर्नुपर्ने सुझाव दिए ।

सांसद अधिकारीले सामुदायिक विद्यालयलाई बलियो बनाउनका लागि स्थानीय तहसँग पनि साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै कृषि अनुसन्धान केन्द्रमा आएका निष्कर्ष कृषकमा पु¥याउन जरुरी रहेको बताए । मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास र अतिथिगृह बनाउनुपर्ने आवश्यकता अहिले नरहेको उनको भनाइ थियो ।

सांसद डा।विमला पौडेलले बजेट अनुशासित र सन्तुलित भएको र साहै्र महत्वाकाङ्क्षी नभई राजश्वले नै चालू खर्च चल्ने खालको भएको टिप्पणी गरे । उनले आर्थिक वृद्धि र सामाजिक सुरक्षाका विषय निकै महत्वपूर्ण रहेको र करको फराकिलो दायरामा सुधार हुँदै गएको बताए ।

सांसद पौडेलले ठूला परियोजनालाई पनि उच्च प्राथमिकता राखिनु राम्रो भएको उल्लेख गर्दै शिक्षाका पूर्वाधार, शैक्षिक वातावरण र उत्प्रेरणामा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद दिलकुमारी रावलले बजेटले सबैलाई समेटेको र मुख्य गरी गर्भवती र सुत्केरीलाई हवाईजहाजमार्फत उद्धार गर्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । बजेटमाथि छलफल जारी छ ।