५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री एयरलाइन्सको जहाजबाट नेपालगञ्ज पुगिन् राष्ट्रपति



अ+ अ-
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्री एयरलाइन्सको जहाजबाट नेपालगञ्ज पुगेकी छिन् ।

मंगलबार राष्ट्रपति १२ः३० बजेको फ्लाइटबाट नेपालगञ्ज आइपुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

‘राष्ट्रपतिज्यु श्री एअरलाइन्सको विमान चढेर नेपालगञ्ज आउनुभएको हो,’ उनले भने, ‘उहाँले भोलि बुधबार वन तथा वातावरण मन्त्रालयले गर्ने जलवायुसम्बन्धी गोष्ठीको उद्घाटन गर्नुहुनेछ।’

सम्मेलनमा देशका विभिन्न महानगर, उपमहानगर, नगर, गाउँका जनप्रतिनिधि सहभागी हुनेछन्।

प्रजिअ भुजेलका अनुसार राष्ट्रपति आज साँझ मुश्लिम धर्मावलम्बीहरूको चाड इदमा पनि सहभागी हुने कार्यक्रम छ।

यस्तै बाँकेको प्रभात माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई पनि राष्ट्रपति भण्डारीले बुधबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ। नेपालगञ्ज पुगेकी राष्ट्रपति सोल्टी होटलमा बसेकी छन्।

उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ।