१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

नेकपाले भोलि केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने

नेकपाले भोलि केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार (भोलि) केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने भएको छ।

मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा बसेको थियो । तर बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ गरे पनि पूर्णता नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘छलफल प्रारम्भ भएको छ, पूर्णता पाइसकेको छैन,’ श्रेष्ठले भने, ‘भोलि १२ बजे फेरि बैठक बसेर टुंग्याउँछौं।’

बैठकमा ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोक्नेबारे छलफल भए पनि सहमतिमा पुगेन।

प्रवासबारे पनि भोलि छलफल गरिने उनले बताए।

सांगठनिक एकीकरणका बाँकी काम बुधबार समय भए छलफल गर्ने नभए अर्को दिन बस्ने सचिवालय बैठकमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए।

बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी भएका थिए ।

यता अध्यक्ष दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच धु्रवीकरण बढेको छ ।

दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् ।

समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्वमाओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्वएमाले समूहमा भने दाहालको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।

अर्को तर्फ एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन।

संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ।गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो।

वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्।जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ।

यसअघि सोमबारका लागि बोलाइएको सचिवालय बैठक पनि नेताहरूबीच सहमति नजुट्दा आजका लागि सरेको थियो।