२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी काठमाडौं नआउने, डेढ वर्ष पछि धकेलियो



अ+ अ-

काठमाडौं । आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो ।

समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्ष्भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम सुरु गर्ने तयारी छ ।’ काम सुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ ।

त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।