११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण

प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण
अ अ+ अ-

लमही । माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन ।

माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गर्न आउँदैन, काठमाडौँबाट यी सामग्री प्रयोग गर्न सिकाउनका लागि मान्छे आउने कुरा भएको एक वर्ष भयो तर अहिलेसम्म कोही पनि आउनु भएको छैन ।” ती उपकरण जडान गर्नाका साथै त्यसका लागि विद्युत् पनि जडान भइसकेको छ

लामो समयसम्म ती उपकरण सञ्चालनमा नआउनु दुःखद भएको माटाका भाँडा बनाउँदै आएका महादेव कुमालले बताउनुभयो । एक वर्षअघि माटोका भाँडा निर्माणका लागि माटो धुलाउने, घोल्ने, पेल्ने र पोल्ने विद्युतीय उपकरण ल्याइएको थियो । हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या हुने भएकाले छिटो विज्ञ पठाएर ती उपकरण सञ्चालमा ल्याउन कुमाल समुदायको सरकारसँग माग छ ।

सो उपकरण विद्युत्बाट चल्ने भएकाले पहिले जस्तो भट्टी बनाएर माटोका भाँडा बनाउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी सूर्य कुमालले बताउनुभयो । करीब रू ६ लाखको सहयोगमा सो उपकरण ल्याइएको थियो ।
हातले माटाका भाँडा निर्माण गर्दा करीब रू २५ हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आइएकामा सो उपकरण जडानपछि करीब मासिक एक लाखसम्म आम्दानी गर्न सकिने अनुमान गरिएको छ।