२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बलियो बनाउने विधेयक थन्किए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्। सचिवालय स्रोतका अनुसार दर्ता भएर संसद्मा पुग्नुपर्ने विधेयकहरू महिनौंसम्म संसद्मा पुगेका छैनन् ।

फागुन २८ गते दर्ता भएको राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास, माघ १४ मा दर्ता शान्ति र सुरक्षा, पुस २४ मा दर्ता लोकसेवा आयोग, वैशाख १० गते दर्ता राष्ट्रिय मानव अधिकार आयोग (पहिलो संशोधन) र नेपाल मिडिया काउन्सिल, विधेयक अहिलेसम्म संसद्मा पुगेको छैन ।

यीमध्ये राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा प्रधानमन्त्रीको अधिकार बढी राखिएकाले विवाद भएको छ । प्रधानमन्त्रीले नै सेना परिचालन गर्ने व्यवस्था राखिएकाले सुरक्षा र ठूला योजना निर्माणमा प्रधानमन्त्रीकै निर्णय नै अन्तिम हुने व्यवस्था गरिएकाले राष्ट्रिय प्राथमिकतासम्बन्धी विधेयकको विरोध भइरहेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।