६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : उपाधिका प्रबल दाबेदार वेस्ट इण्डिज र डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भिड्दै



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आज वेस्ट इण्डिज र डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भिड्दै छन्।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिज मैदानमा वेस्ट इण्डिज र अस्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ ।

जारी विश्वकपमा वेस्ट इण्डिजको यो तेस्रो खेल हो भने अस्ट्रेलियाको पनि तेस्रो खेल हुनेछ ।

आज हुने खेलमा दुबै टोलीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। दुबै टोली यस विश्वकप उपाधिका प्रबल दाबेदार हुन्। दुबैले पहिलो खेलबाट आफूहरू उत्कृष्ट प्रदर्शन दिन आएको छनक दिइसकेका छन्।

साबिक विजेतासमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ। वेस्ट इन्डिजले पनि दुई पटक विश्वकप उपाधिको स्वाद चाखिसकेको छ। वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको थियो। सन् १९८३ मा भएको तेस्रो संस्करणको फाइनलमा भने भारतले वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो। त्यसयता वेस्ट इन्डिज विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन।

यसैगरी अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार तीन पटक विश्वकपको उपाधि उचाल्यो। सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई सात विकेटले हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि कुम्ल्याएको थियो। त्यसैले हालसम्मको विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ।

वेस्ट इण्डिज क्रिस गेल, आन्द्रे रसेल, कार्लोस ब्रैथवेटजस्ता ठूलो ठूलो सट खेल्ने ब्याटस्म्यानले सुसज्जित रहेको छ।

उता अस्ट्रेलियाको बलिङ पाकिस्तानको भन्दा बलियो छ। एरोन फिन्च तथा डेविड वार्नरको सलामी जोडी पनि शानदार फममा रहेकाले वेस्ट इण्डिजका बलरहरू चनाखो हुनुपर्नेछ।

अस्ट्रेलियाबाट वार्नर, फिन्च वा स्मिथ मध्ये एकमात्र ब्याटिङमा चले भने पनि उनीहरूले ठूलो स्कोर बनाउन सक्छन्। यस कारणले इण्डिज चनाखो हुनुपर्नेछ।

इण्डिजलाई ब्याटिङमा फास्ट बलिङले दुःख दिने सम्भावना छ। मिशेल स्ट्राक जस्ता बलरको अगाडि इण्डिजका ब्याट्स्म्यानलाई त्यति सजिलो भने हुनेछैन। यसैगरी प्याम कमिङ्स, नाथन कल्टर नाइल तथा स्टेइनिस जस्ता बलर पनि खेलमा कडा रूपमा प्रस्तुत हुनेछ। स्पिनमा एडम जाम्पाको विकल्प पनि अस्ट्रेलियालाई छ।

जारी विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज दुवैले एक/एक खेल खेलिसकेका छन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि सात विकेटकै जित हात पारेको थियो। त्यसैले बिहीबार हुने खेलमा पनि जित हात पार्दै यी दुवै टोली सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाउने धुनमा छन्।

हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिजभन्दा अस्ट्रेलिया केही बलियो देखिन्छ। हालसम्म यी दुईबीच कुल एक सय ३९ खेल भएका छन्। त्यसमध्ये ७३ खेलमा अस्ट्रेलिया र ६० खेलमा वेस्ट इन्डिज विजयी भएका छन्। तीन खेल बराबरीमा र तीन खेल अनिर्णित अवस्थामा सकिएका छन्। जारी विश्वकपमा अस्ट्रेलिया एरोन फिन्च र वेस्ट इन्डिज जासन होल्डरको कप्तानीमा छन्।

वेष्ट इन्डिज

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस,निकोलस पूरन, केमर रोच, शेनन गैब्रिएल, फाबियान एलेन।

अस्ट्रेलिया
एरोन फिनच (कप्तान) , जेसन बेहरनडार्फ, एलेक्स कैरी, नाथन कल्टर नाइल, पैट कमिङ्स, उस्मान ख्वाजा, नाथन लायन, शन मार्श, ग्लैन मैक्सवेल, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर, एडम जाम्पा।