१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेललाई सर्वसम्मत बनाउन निधिको प्रस्ताव !



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं १४ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापतिमा बनाउन प्रस्ताव गर्नुभएको छ । चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भन्नुभयो- ‘शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुनसक्छ ।’

निधिले भन्नुभयो, 'देउवाजी रामचन्द्रजीलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुन्छ ।' सभापति देउवाबाट यस्तो प्रस्ताव आएमा आफूसहित अन्य प्रत्यासीहरुलाई पनि दवाब पर्ने भन्दै उहाँले भन्नुभयो, ‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, थाहा छैन ।’

उता पौडेल समूह भनिएपनि पौडेलको कुरामा अन्य नेताहरु सहमत नभएपछि साझा उम्मेदवार तय हुन सकेको छैन । पौडेलले त असन्तुष्टि जनाउँदै बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सहभागिता नै जनाउनु भएन ।

पौडेललाई साझा उम्मेदवार बनाउने हो भने शेखर कोईराला र शंशाक कोईराला पनि आफ्नो दाबी छाड्न तयार रहेको तर प्रकाशमान शिहले भने आफूलाई सहयोग गर्न आग्रह गरेपछि सो समूहमा कुरा मिल्न सकेको थिएन ।