२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेललाई सर्वसम्मत बनाउन निधिको प्रस्ताव !



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं १४ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापतिमा बनाउन प्रस्ताव गर्नुभएको छ । चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भन्नुभयो- ‘शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुनसक्छ ।’

निधिले भन्नुभयो, 'देउवाजी रामचन्द्रजीलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुन्छ ।' सभापति देउवाबाट यस्तो प्रस्ताव आएमा आफूसहित अन्य प्रत्यासीहरुलाई पनि दवाब पर्ने भन्दै उहाँले भन्नुभयो, ‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, थाहा छैन ।’

उता पौडेल समूह भनिएपनि पौडेलको कुरामा अन्य नेताहरु सहमत नभएपछि साझा उम्मेदवार तय हुन सकेको छैन । पौडेलले त असन्तुष्टि जनाउँदै बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सहभागिता नै जनाउनु भएन ।

पौडेललाई साझा उम्मेदवार बनाउने हो भने शेखर कोईराला र शंशाक कोईराला पनि आफ्नो दाबी छाड्न तयार रहेको तर प्रकाशमान शिहले भने आफूलाई सहयोग गर्न आग्रह गरेपछि सो समूहमा कुरा मिल्न सकेको थिएन ।