१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

पक्की पुल अलपत्र, स्थानीयलाई सास्ती

पक्की पुल अलपत्र, स्थानीयलाई सास्ती
अ अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोडने पक्की पुल निर्माण कम्पनीको चरम लापरवाहीका कारण समयमा नबनाउँदा सेवाग्राहीले अत्यन्तै दु:ख भोग्नुपरेको छ ।

आउँदो असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनुत परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुबानमा पर्ने खतरा समेत बढेर गएको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

दैनिक २० हजार भन्दा बढी जनता आवत जावत गर्ने उक्त सडकको पुल ठुलो र पक्कि गर्ने गरि नगरपालिकाको वजेटमा निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्कामा दिईएको हो ।

निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा आउदो असार मसन्ता सम्ममा पुल निर्माण गर्ने गरि ठेक्का सुम्झौता नगरपालिकासंग गरेको हो । निर्माण करिव करिव सम्पन्न गर्ने समय आउनलाग्दा पनि अझै पुलको ५ प्रतिशत पनि काम भएको छैन ।

बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले गत फागुन २७ गते उक्त पुल निर्माणको शिल्यान्यास गर्नु भएको हो । १६ । ३६ कुलापानी माथी पर्ने उक्त सडकको पुल निर्माणमा पहिला विजुलीको पोल नसार्दा र अहिले कुलापानीको पानीका कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।