१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

विधेयकमा पत्रकारलाई तोकिएको जरिवाना धेरै भएझैं लागेको छ : बाँस्कोटा

विधेयकमा पत्रकारलाई तोकिएको जरिवाना धेरै भएझैं लागेको छ :  बाँस्कोटा
अ अ+ अ-

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘विधेयक प्रेसलाई नियन्त्रण गर्न होइन, समृद्ध बनाउनका लागि ल्याइएको हो, तर मिडियालाई अंकुश लगाउने गरी विधेयक ल्यायो भनेर अतिरञ्जित गर्न खोजिएको छ, यो गलत हो।’

उनले नेपालको ईतिहासमै पहिलो पटक सञ्चार माध्यमलाई देश र जनताप्रति सम्मानित, विश्वनीय र जिम्मेवार बनाउन सरकार लागि परेको बताए। पत्रकारिताको नाममा गलत सूचना दिने र जनतालाई भ्रममा पार्ने काम हुने गरेको भन्दै उनले त्यस्तो प्रवृतिलाई रोक्न आवश्यक रहेको तर्क गरे।

पत्रकारिताका नाममा गलत गर्नेलाई छुट हुन नसक्ने उनको चेतावनी छ। पत्रकार महासंघले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका उनले विधेयकमा पत्रकारलाई तोकिएको जरिवानामा शंसोधन गर्न सकिने तर अन्य विषयमा छलफल गर्न आवश्यक नरहेको जिकिर गरे।

प्रेस सबल बनोस् भन्नेमा आफू लागेको भन्दै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताए ।

उनले पत्रकार महासंघका पदाधिकारीलाई विधेयक राम्रोसँग अध्ययन गर्न आग्रह गरे। मन्त्री बास्कोटाले भने, ‘प्रेस र सञ्चारकर्मीलाई सवल र समृद्ध बनाउने गरी ल्याएको विधेयकबाट कोही डराउनु पर्दैन ।’

‘पत्रकारलाई जरिवाना गर्ने विषयमा मलाई पनि धेरै धेरै भएझैं लागेको छ, त्यो विषयमा छलफल गर्न सक्छौँ’,उनले भने, ‘तर अन्य विषयमा बहस गर्न आवश्यक छैन।’ मन्त्री बास्कोटाले पत्रकार महासंघलाई न्यूनतम पारिश्रमिक ऐनका विषयमा बहस चलाउन आग्रह गर्दै सानातिना कुरामा नअल्झिन आग्रह समेत गरे। विधेयकमा गल्ती समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ।