१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : स्पेनको सानदार जित, रामोसले पनि गरे गोल !



अ+ अ-

काठमाडौं । सन् २०२० युरो कप खेलका लागि जारी छनोट खेलमा स्पेनले सानदार जित निकालेको छ ।

समूह ‘एफ’ अन्तर्गत गत राति भएको खेलमा स्पेनले फारोए आइसल्यान्डलाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । स्पेनको जितमा सर्जियो रामोस,जेसस नाभास र जोसे लुइस गायाले समान एक एक गोल गरे भने एक् गोल उपहार पाएको थियो । यता आइसल्यान्डका लागि एक मात्रै गोल ओल्सेनले गरेका थिए ।

खेलको पाँचौं मिनेटमै स्पेनका लागि सर्जियो रामोसले पहिलो गोल गरेका थिए । त्यसपछि १९ औं मिनेटमा जेसस नाभासले गोल गर्दै अग्रता २–० बनाए ।

त्यसपछि खेलको ३०औं मिनेटमा आइसल्यान्डले गोल फर्कायो । उसका लागि ओल्सेनले गोल गरेका थिए । तर, त्यसको ३ मिनेटपछि नै आइसल्यान्डका तेइयुर जेस्टाससनले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि खेलको ७१औं मिनेटमा स्पेनका लागि जोसे लुइस गायाले गोल गरेपछि खेल स्पेनले ४–१ ले जित्यो ।

गत राति नै भएका अन्य खेलमा युक्रेनले सर्बियालाई ५–०, चेक रिपब्लिकले बुल्गेरियलाई २–१, अस्ट्रियाले स्लोभेनियालाई १–०, इजरायलले लाटभियालाई ३–०, जर्जियाले ग्रीबाल्टारलाई ३–० ले हराउँदा डेनमार्क र नर्थ म्याकेडोनियालाई पोल्यान्डले १–० हरायो ।

यता,आयरल्यान्ड १–१,मोन्टेनेग्रो र कोसोभो १–१ को बराबरीमा रोकिए । नर्वे भने रोमानियासँग २–२ को बराबरीमा रोकियो ।