६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो । विरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो ।

त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताउनुभयो । झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिनुभयो । गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।