१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

विद्यालय जागिर खाने ठाउँ होइन : शिक्षामन्त्री पोखरेल

विद्यालय जागिर खाने ठाउँ होइन : शिक्षामन्त्री पोखरेल
अ अ+ अ-

खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन्।

कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए। खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उनले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए।

‘सबैभन्दा राम्रा मान्छे शिक्षण पेसामा आउने हो,’ उनले भने, ‘सक्नुहुन्छ भने शिक्षण पेसा गर्नुहोस्, यदि सक्नुहुन्न भने शिक्षण पेसा छाडेर अन्य पेसा अपनाउनुहोस्।’ विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने जिकिर गरे। ‘अबको शिक्षा सीपयुक्त शिक्षा हुनेछ, उनले भने, ‘१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कम्तीमा एउटा पेसा अँगाल्न गक्नेगरी सीप हासिल गराउने योजनामा सरकार लागिपरेको छ।’

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको दाबी गर्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताए। ‘पारस खड्काहरु क्रिकेट खेलेर पनि आफ्नो भविष्य बनाउन सफल भएका छन्,’ उनले भने, ‘आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ।’ आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उनले स्थानीय सरकारलाई निर्देशन दिए।

‘सरकारले दक्ष शिक्षक उत्पादन गर्न शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेको छ,’ उनले भने, ‘भोटका आधारमा र नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोला, त्यसरी भर्ना गरिएका शिक्षकबाट गुणस्तरीय शिक्षा सम्भव छैन।’ देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताए। सोमबारै खोटाङ आएका शिक्षामन्त्री पोखरेल आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।