१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

इमरान खानले भने, ‘मुलुक चलाउनका लागि पैसा छैन’

इमरान खानले भने, ‘मुलुक चलाउनका लागि पैसा छैन’
अ अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेर सबै पाकिस्तानी नागरिकलाई पाकिस्तानलाई ट्र्याकमा ल्याउनका लागि र गरिबको जीवन सुधार्नका लागि आफ्नो जिम्मेवारी निभाउन आग्रह गरेका छन् ।

इमरान खानले सबै पाकिस्तानीलाई जून ३० सम्म आफ्नो सम्पत्तिको घोषणा गर्नसमेत आग्रह गरेका छन् । यसो गरेर उनी वैध र स्रोत नखुलेको सम्पत्तिबारे पत्ता लगाउन चाहन्छन् ।

प्रधानमन्त्री इमरान खानले भने, ‘३० जुनसम्म आफ्नो स्रोत नखुलेको सम्पत्ति, फर्जी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसालाई सार्वजनिक गर्नुहोस् किनभने यो मौका जून ३० पछि पाइने छैन ।’

उनले भने, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैयाँसम्म पुगेको छ । जुन हामीले चार हजार अर्ब वार्षिक कर जम्मा गर्छौं त्यसको आधा रकमले ऋणको किस्ता तिर्नुपर्छ । बाँकी भएको जुन पैसा छ, त्यसले मुलुक चल्न सक्दैन । पाकिस्तान त्यो देश हो जो संसारकै सबैभन्दा कम कर लिने गरिन्छ तर ती थोरै मुलुकमध्ये एक हो जहाँ सबैभन्दा धेरै ऋणको भारी छ । यदि हामी तयार भयौं भने कम्तिमा हरेक वर्ष १० हजार अर्ब रुपैयाँ जम्मा गर्न सक्छौं ।’

३० जूनसम्म अल्टिमेटमः

इमरानले भने, ‘म तपाईंहरु सबैलाई अपिल गर्छु कि सम्पत्ति घोषणा गर्ने जुन योजना लिएर आएको छु त्यसमा तपाईंहरु सबैजना संलग्न हुनुहोस् । हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । तपाईंहरुसँग ३० जूनसम्मको समय छ । आफ्नो स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्नुहोस् । हाम्रो सरकारसँग त्यो सूचना छ जो यसअघिको कुनैपनि सरकारसँग थिएन । विदेशमा पाकिस्तानीको सम्पत्ति र बैंक अकाउन्टको सूचना मसँग छ ।’

उनी थप्छन्, ‘हाम्रा एजेन्सी लगातार यसमाथि काम गरिरहेको छ र उनीहरुसँग पूरा सूचना छ । कोसँग कति सम्पत्ति छ, त्यो मलाई राम्रोसँग थाहा छ ।’

इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ । पाकिस्तानले मंगलबार तीन ट्रिलियन रुपैयाँको घाटाको बजेट पेश गर्नेछ जबकी पछिल्लो बजेट १.८ ट्रिलियन रुपैयाँको थियो ।