६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनलाई आईपर्यो आपत, आखिर यस्तो गर्यो कसले ?



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले यसको जिम्मेवारी लिएको छ ।

अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट गरिएको छ ।

ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल–बायो नै परिवर्तन गरेको छ । अमिताभको प्रोफाइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ । साथै लेखिएको छ, ‘नायक।।। केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’

अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन् ।

यद्यपि, पछि अमिताभको ट्वीटर अकाउन्ट रिकभर भएको छ र ह्याकरले गरेको सबै ट्वीट पनि हटाइएको छ ।

ह्याकरले अमिताभको अकाउन्टबाट ट्वीट गरेका थिए, ‘यो संसारभरीका लागि एक महत्वपूर्ण सन्देश हो । हामी टर्कीको फुटबल खेलाडीप्रति आइसल्याण्ड रिपब्लिकको व्यवहारको निन्दा गर्छौं । हामी प्रेमले कुरा गर्छौं तर हामी ठूलो लठ्ठी राख्छौं र तपाईंलाई यहाँ ठूलो साइबर हमलाबारे जानकारी दिइरहेका छौं । अयिल्दिज टिम टर्किश साइबर आर्मी ।’

टर्कीको फुटबल समूह केही दिनअघि यूरो सन् २०२० को क्वालिफाइंग म्याच खेल्न आइसल्याण्ड गएको थियो । त्यहाँ पुगेपछि टर्कीका खेलाडीमाथि एयरपोर्टमा गहन खोजतलास गरिएको थियो ।