१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

डोटीवासीको जहाज चड्ने सपना अझै अन्यौलमा

डोटीवासीको जहाज चड्ने सपना अझै अन्यौलमा
अ अ+ अ-
फाइल तस्बीर

डोटी । डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य भने अझै अधुरो छ ।

विसं २०५८ बाट बन्द भएको यो विमानस्थल पुनःसञ्चालनका लागि काम शुरु भएको थियो । तर दोस्रोपटक म्याद थप भएको समयमा पनि कालोपत्रको काम भने नसकिने अवस्था देखिएपछि स्थानीय आक्रोशित हुन थालेका छन् । पन्ध्र महीनामा निर्माणकार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउनसम्मका लागि म्याद थप हुँदासमेत दिपायल विमानस्थलको कालोपत्रको कार्य पूरा हुन नसकेको हो ।

विसं २०७३ कात्तिकमा काम शुरु गर्नुपर्ने भए पनि ढिलोगरी फागुनबाट मात्रै काम शुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल कालोपत्रको ६० प्रतिशत काम भएको दाबी गरिएको छ । तर अहिलेसम्म कालोपत्र भने शुरु भएको छैन । विमानस्थल निर्माणकार्यका इञ्जिनीयर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न बहाना देखाउँदै काममा लापरवाही गरिरहेको आरोप लगाउनुभयो । करीब ४९० मिटर लम्बाइको यो विमानस्थलको कालोपत्रका लागि झण्डै रु साढे पाँच करोड बजेट विनियोजन गरिएको छ । डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्ने योजना आएपछि डोटेली जनता खुशी भएका थिए । तर, निर्धारित समय सकिएर छ महीनाको समय थप्दा पनि कालोपत्रको काम सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम पहिले नै सकिनुपर्ने हो, तर निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्दा काम लम्बिएको हो, समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारवाही हुनुपर्छ”, लामो समयदेखि गौचरनमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको आर्थिक समृद्धिसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलमा परीक्षण उडान हुँदासमेत दिपायल विमानस्थलको स्तरोन्नतिदेखि लिएर कालोपत्रसम्म नहुँदा स्थानीयवासी आक्रोशित हुन थालेको दिपायलका स्थानीयवासी पुष्कर द्वारियाले बताउनुभयो ।

“सँगै काम शुरु गरेको छिमेकी अछाम जिल्लामा जहाज आइसक्यो, हाम्रो विमानस्थलमा काम नै सकिएको छैन”, उहाँले भन्नुभयो, “लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही नगरिएकाले यो समस्या आएको हो ।” चार सय ९० मिटर लम्बाइको धावनमार्ग रहेको यो विमानस्थललाई स्तरोन्नति गरी एक हजार मिटर लम्बाइको धावनमार्ग बनाउने माग पनि हँुदै आएको छ । जग्गा अधिग्रहणका लागि सहमति भए पनि आगामी अर्थिक वर्षका लागि प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना पनि अलपत्र पर्ने देखिएको छ । आफ्नै पहलमा विमानस्थलको काम शुरु भएको दाबी गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य प्रेम आलेमगरले विमानस्थलको स्तरोन्नतिका लागि बजेट आउने दाबी गर्नुभएको छ ।

उक्त विमानस्थालमा काम गर्ने ठेकेदार कम्पनी सप्नाग्याल्भा जेभीले काम गर्न बन्द गरेको छ । यतिमात्र नभई उक्त विमानस्थल कालोपत्र गर्न ल्याइएका उपकरण पनि ठेकेदारले अन्यत्र लगेको स्थानीयवासी कमल माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “कालोपत्रको त कुरा छोडाँै ठेकेदारले कालोपत्र गर्न ल्याएका उपकरणसमेत अन्तै लगिसकेको छ, कहिले होला र कालोपत्र ।”