६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप छनोट : पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लियो, इजरायल पराजित



अ+ अ-

काठमाडौं । युरोकप छनोट २०२० अन्तर्गत समूह जीमा पोल्याण्डले शतप्रतिशत जित निकालेको छ । सोमबार भएको खेलमा पोल्याण्डले इजरायललाई ४–० ले हरायो ।

पोल्याण्डको वर्सामा भएको खेलमा उसको जितका लागि क्रिष्टोफ पियाटेक, रोबर्ट लेवान्दोस्की र कामिल ग्रोसिकीले समान एक एक गोल गरेका थिए ।

पोल्याण्डको लागि खेलको को ३५ औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । पहिलो हाफमा सोही गोलको अग्रता कायम राखेको पोल्याण्डले ५६औं मिनेटमा पेनाल्टी पायो ।

पेनाल्टीलाई रोबर्ट लेवान्दोस्कीले गोलमा परिणत गर्दै पोल्याण्डको अग्रता २–० मा लम्ब्याए । त्यसको दुई मिनेटपछि कामिल ग्रोसिकीले गोल गर्दै पोल्याण्डको अग्रता ३–० मा पुर्‍याए । ८४औं मिनेटमा दमिन कात्जोरले गोल गरेपछि पोल्याण्डले ४–० को जित निकालेको हो । यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ ।

यूरो कप छनोट अन्तर्गत सोमबार राति चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हरायो भने कोसोभोले बुल्गेरियालाई ३–२ ले पराजित ग¥यो । यस्तै युक्रेनले लग्जम्बर्गलाई १–० ले हरायो भने सर्वियाले लिथ्वानियामाथि ४–१ को जित निकाल्यो ।

आयरल्याण्ड रिपब्लिक जिब्राल्टरलाई २–० ले हराउँदै समूह डीको शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा डेनमार्कले जर्जियालाई ५–१ ले हराएपछि समूुहको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।यो जितसँगै पोल्याण्ड समूह जीको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ