१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

गुठ्ठीयारहरु माथि भएको दमनको नैतिक जिम्मेवारी लिन्छु : गृहमन्त्री

गुठ्ठीयारहरु माथि भएको दमनको नैतिक जिम्मेवारी लिन्छु : गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको तेश्रो बैठकमा आइतबार गुठ्ठीयारहरु माथि भएको दमनका बारेमा सांसदहरु उठाएको प्रश्नको जवाफ दिदै उनले प्रदर्शनकारी उत्तेजित भएर तोडफोडमा उत्रेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन बल प्रयोग गरेको बताएका थिए । तर प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा उनले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै माइतीघर मण्डलामा केही संस्था, समिति,सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेको आरोप लगाए ।

उनले प्रदर्शनकारीले सडकमा सुतेर सडक अवरोध गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी माथि ढुङ्गा मुडा प्रहार गरेका कारण प्रहरीले बाध्य भएर सामान्य धरपकड गरेको बताए ।

उनले भने ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’

सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्‍यो, कुण्ठित गर्‍यो भन्ने भनाइ गलत भएको भन्दै उनले शान्ति सुरक्षा कायम गरी सार्वजनिक यातायात सुचारू गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराएका हुन्।

गृहमन्त्रीको जवाफपछि पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा: आन्दोलनलाई अरु संघ संस्थासँग जोडेर यो आन्दोलन भइरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गरेको भन्दै घटनाप्रति सरकारले खेद प्रकट गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने बताए। कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरे ।

जवाफ दिने क्रममा गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताएका छन् । उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

नियमविपरित बल प्रयोग गरे नगरेको बिषयमा अध्ययन गरिने र सोको प्रतिवेदन आएपछि कोहि दोषी देखिए कारवाही गर्ने आश्वासन पनि उनले दिए ।

आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोध गर्दै सोमबार संघीय संसदको कामकारबाही अवरुद्ध पारेका थिए । सांसदहरुले यस बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भनेपछि गृहमन्त्री थापाले आज घटनाका बारेमा जानकारी गराएका हुन् ।

यता सांसद प्रेम सुवालले टिपर आतंक यथावत् रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए।