६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु



अ+ अ-

रौतहट । रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको ज्यान गएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ ।

चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशाल रहेका छन् । मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

काठमाडौंबाट भारतीय तीर्थयात्री बोकेर ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर एकको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेका थिए ।

घटनापछि ट्रक चालक फरार छन् । उनलाई खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।