१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ढोर दरबार पुनः निर्माण हुँदै

ढोर दरबार पुनः निर्माण हुँदै
अ अ+ अ-

दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनःनिर्माण शुरु गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेकाले पुनःनिर्माणको थालिएको हो ।

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको यो दरबारको संरक्षण गर्ने सकिए इतिहासबारे बुझ्न खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् । पछिल्लो समय दरबारलाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना देखेर स्थानीयवासी संरक्षणमा जुटेको ढोर मूलकोट संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँण बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “शुरुमा दरबारको महत्व बुझिएन । अग्रजहरुले पनि संरक्षण गर्न जानेनन् । दरबारको महत्व बुझेसँगै संरक्षणमा जुटेका छौँ ।” दरबारसँगै कुटी, भैरव मन्दिर, खड्ग कालिका मन्दिर र कोटमन्दिर रहेका छन् ।

खाँणका अनुसार ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दरबारको पुरानै नक्शामा पुनःनिर्माण थालिएको छ । भत्किएको गा¥होमा पुरानो स्वरुप कायम रहने गरी भक्तपुरका ईंटा प्रयोग गरेर पुनःनिर्माण थालिएको छ । भग्नावशेषमा परिणत भएको दरबारको पुरातत्व विभागको रु बा¥ह लाखको लगानीमा पुनःनिर्माण भइरहेको छ ।

दरबारको संरक्षण र पुनःनिर्माणमा स्थानीय तहले पनि चासो देखाएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा दरबारको संरक्षणका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढोर मूलकोट रोयल पार्क निर्माण तथा गुरुयोजना तयार पार्न दुई शीर्षकमा रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । वडा कार्यालयले समेत दरबार संरक्षण गर्न रु चार लाख विनियोजन गरेको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दरबारसम्म पुग्ने कृति रजस्थल मोटरमार्गलाई रु तीस लाख विनियोजन भएको छ । उक्त रकमले मोटरमार्गको सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । सडक स्तरोन्नति भएपछि दरबारमा पर्यटक पुग्नलाई सहज हुने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष भण्डारी भन्नुहुन्छ – “संरक्षण अभावले भग्न बनेको दरबारको पुनःनिर्माण गरेर नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य लिएका छौं । सहस्राब्दी मार्ग ९मिलेनियम ट्रेक० को रुटमा पर्ने भएकाले दरबारले पर्यटनको प्रचूर सम्भावाना बोकेको छ ।” उहाँका अनुसार दरबारको पुनःनिर्माणसँगै दरबार परिसरलाई तारबार गर्ने, पूर्वाधार थप गर्ने योजना छ ।

उहाँले भन्नुभयो – “शुक्लागण्डकीको पहिचानलाई स्थापित गराउन दरबारको भूमिका महत्वपूर्ण छ । नगरले दरबारको गुरुयोजना तयार पार्दैछ भने वडा तहबाट गर्नुपर्ने काममा हामीले कुनै कसर बाँकी राख्दैनौं ।”

ढोर राज्यको अन्तिम राजा सिद्धि खाँण ठकुरी हुन् । गोरखा दरबारका तत्कालीन राजा इन्द्र राज्यलक्ष्मीले कास्कीकोटका राजासँग मिलेर विसं १८३७ ढोर राज्यमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर ढोरका राजा मारिए । राज्य र प्रजा जोगाउन मृत्युसँग पनि नडराई युद्धमा होमिएका राजाको मृत्युपछि ढोर राज्य गोरखा राज्यसँग विलय भएको जानकारहरु बताउँछन् । त्यसपछिको साढे दुई सय वर्षको समयमा दरबारको जीर्णोद्धार हुन सकेन ।

दुई दशक अगाडिसम्म दरबारका थुप्रै संरचनाहरु देख्न सकिने अवस्थामा थिए । ऐतिहासिक वस्तुहरुको संरक्षण नहुँदा कतिपय चोरिए भने भने कतिपय जमीनमुनि पुरिए ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट बा¥ह किलोमिटरको दूरीमा ढोर दरबार अवस्थित छ । समुद्री सतहदेखि एक हजार २७० मिटरको उचाइमा रहेको दरबार परिसर दृश्य अवलोकन गर्ने उपयुक्त स्थान पनि हो ।

मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग मिलेनियम ट्रेकमा पर्ने ऐतिहासिक ढोर दरबारबाट देखिने सूर्योदय र सूर्यास्तले सबैलाई लोभ्याउँछ । अग्लो ठाउँमा रहेको दरबार परिसरबाट शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा देख्न सकिन्छ । यहाँबाट कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका गण्डकी प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरु देखिन्छ ।

ढोर दरबारको नजीकै रजस्थल गाउँ छ । गुरुङ, मगर, ठकुरी, तामाङ र दलित समुदायको मिश्रित बस्ती रहेको यस ठाउँमा विसं २०६० सालसम्म ६५ घर थिए । अहिले ४० घरधुरीको मात्रै यहाँ बसोबास छ । अधिकाँश घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । युवायुवती कोही शहर झरेका छन् त कोही विदेश लागेका छन् ।

विसं २०६० सालमा गाउँमा सडक पुगेपछि गाउँलेहरु शहर झर्न थालेको रजस्थल टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “धेरैजसो छोराछोरीलाई अङ्ग्र्रेजी माध्यमको विद्यालयमा पढाउने बहानामा शहरतिर झरे । कति श्रीमान् विदेश जानासाथ छोराछोरी बोकेर झरे । गाउँमा अहिले बूढापाका र महिलामात्रै छन् ।”

विदेश पसेका र शहर झरेकालाई गाउँ फर्काउने सपना देखेका छन् रजस्थलवासीले । गाउँको शिरानमा रहेको ऐतिहासिक ढोर दरबारलाई पर्यटनसँग जोडेर नमूना गाउँ निर्माण गर्ने अठोटका साथ लागेका उनीहरुको सपना अझसम्म पनि पूरा भने भएको छैन । ग्रामीण पर्यटनको महत्वपूर्ण आधार मानिने होमस्टे यहाँ सञ्चालन गरिएपनि सोचेजस्तो प्रगति हुन नसकेको रानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाइसे राज्यअन्तर्गतको राज्य ढोर दरबार ओझेलमा पर्दा घरबाससमेत सञ्चालन हुन सकेन ।”