१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउन धुर्मुस-सुन्तलीलाई स्थानियको आग्रह

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाउन  धुर्मुस-सुन्तलीलाई स्थानियको आग्रह
अ अ+ अ-

चितवन । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।

निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार केही व्यक्तिहरुले यही जेठ १५ गते बुधबार बिहान भत्काएका थिए ।

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको थिए । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो ।

बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुङ्गो लगाउने आश्वासन दिइसकेका छन् । बाटो फराकिलो बनाउँदा रङ्गशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रमुख दाहालले रोकिएको काम तत्काल शुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताए । स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उनले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

रङ्गशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तह र सङ्घ संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम सङ्कलनका लागि काम अघि बढाउने तयारीमा रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारले धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले रोकिएको रङ्गशाला निर्माणको काम अघि बढाउन फाउण्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

रङ्गशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर आज पत्रकार सम्मेलन गरी उक्त फाउण्डेसनलाई काम यथावत सञ्चालन गर्न गर्दै र यसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको जनाएका छन् । सो ठाउँमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरीे एकाइसमेत खडा गरिएको छ ।

रु तीन अर्बको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाको शिलन्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमीन रङ्गशालाका लागि उपलब्ध गराइएको हो ।