६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : धवनको स्थानमा श्रेयस र रिषव पन्तमध्ये एक जना परिवर्तन गर्ने तयारी !



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमले शिखर धवनको स्थानमा अर्को खेलाडीलाई परिवर्तन गर्ने भएको छ ।

भारत र अष्ट्रेलियाबीचको खेलमा हातको बुढी औलामा चोट लागेपछि धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएपछि उनको स्थानमा अर्काे खेलाडी परिवर्तन गर्न लागिएको हो ।

द टाइम्स अफ इन्डियाका अनुसार धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानका अर्को खेलाडीलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको बताएको छ । यदी परिवर्तन भएमा श्रेयस ऐयर र रिषव पन्तमध्ये एक खेलाडीले विश्वकपमा स्थान बनाउने छन् भने धवन विश्वकपबाटै बाहिरिने छन् ।

धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

सोमबार उनको हातको बुढी औलाको स्क्यान गरिएको थियो । भारतीय क्रिकेट टिमले मंगलबार धवन करिब तीन सातासम्ममा मैदान बाहिर रहने जानकारी दिएको द टाइम्स अफ इन्डियाले लेखेको छ ।