६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी खरेललाई थुनामा राख्न आदेश



अ+ अ-

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमाथि सुनुवाई गर्दै अदालतले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो ।


खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् । खरेल परिवारले आरोप अस्वीकार गरे पनि खरेलले चाहिँ प्रहरीसँगको बयानमा कसुर स्वीकारेका थिए ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले बताए ।