१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगको विज्ञापन खारेज गर्न जनजातिहरुको माग



अ+ अ-

काठमाडौं । आदिवासी/जनजातिहरुले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।


मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन उत्रिएका उनिहरुले आरक्षणको रक्षा तथा लोकसेवा आयोगले जालसाजीपूर्ण आह्वान गरेको विज्ञापन खारेज गरी निर्णय र विज्ञापन सच्याउनका लागि दवाव सिर्जना गर्न र गराउन प्रदर्शन गरिएको थियो ।

समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गरेका हुन् । प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुनअनुसार चल्न पनि सचेत गराएका छन् ।

संघीय तामासालिङ मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।