१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चर्चित भारतीय अभिनेता तथा नाटककार कर्नाडको मृत्यु

चर्चित भारतीय अभिनेता तथा नाटककार  कर्नाडको मृत्यु
अ अ+ अ-

भारतका चर्चित अभिनेता, फिल्म निर्देशक, नाटककार, लेखक र बहुआयामिक प्रतिभाका धनी गिरिश कर्नाडको सोमबार बेंगुलुरुमा निधन भयो । उनी ८१ वर्षका थिए ।

उनी भारतको प्रतिष्ठित ज्ञानपीठ पुरस्कार तथा पद्म भूषणबाट सम्मानित थिए ।गिरिश लामो समयदेखि बिमारी थिए । उनको शरीरको कैयन अंगले काम गर्न छाडेको थियो । उनलाई सास लिन गार्‍हो भएपछि अन्तिम समयतिर अस्पतालमा भर्ना गरिएको थियो ।

कनार्डको हिजो नै अन्तिम संस्कार भयो । उनको इच्छा अनुसार परिवारले कुनै रीति रिवाज पालना नगर्ने निर्णय गरेको थियो ।

उनी ३५ वर्षको उमेरमा भारतको प्रतिष्ठित ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया (एफटीआईआई) ’ का निर्देशक चुनिएका थिए । उनी गैर–कर्मचारीबाट उक्त पदको नेतृत्व गर्ने पहिलो भारतीय हुन् ।

बहुमुखी प्रतिभाका धनी कनार्ड सन् १९५८ मा धारवाडस्थित कर्नाटक आर्ट कलेजमा पढेर त्यसपछिको पढाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय गरे । उनले त्यहाँ दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातोकर डिग्री हासिल गरे ।

उनी युनिभसिटी अफ शिकागोमा प्रोफेसर पनि रहिसकेका व्यक्ति हुन् । तर पछि उनी त्यहाँबाट भारत फर्किएर थिएटरमा काम गर्न थाले । त्यसपछि उनले आफूलाई पूर्णत साहित्य र फिल्ममा लगाए ।

उनले त्यहाँ छदा ‘इन्टिग्रेटेड कोर्स’ सुरु गरेका थिए । त्यस अन्तर्गत एउटा विशेष विषयको पढाई गर्ने छात्र–छात्रालाई अर्को विषयको सामान्य जानकारी हासिल गर्नुपर्ने अनिवार्य गरिएको थियो ।

कर्नाटक राज्यको मुख्यमन्त्री कार्यालयले कर्नाडको सम्मानमा सोमबार विदाको गर्दै तीन दिनको शोक घोषणा गर्यो । मुख्यमन्त्री कार्यालयले घोषणाबारे स्पष्टिकरण दिँदै कनार्डलाई ज्ञानपीठ पुरस्कारबाट सम्मानित मानिसलाई दिइने राजकीय सम्मान दिएको बताएको छ ।