१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वकप क्रिकेट : अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?

विश्वकप क्रिकेट : अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भारतसँग ३६ रनले पराजित भएको थियो ।

पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपको सेमिफाइनल यात्रालाई बलियो बनाउनका लागि पनि आजको खेल दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ । विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मिचेल मार्स र एडम जाम्पा ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।