१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आइएमईको दुई दशक : ३० खर्ब विप्रेषण आयात, विश्वास दिलाउन ठूलो संघर्ष

आइएमईको दुई दशक : ३० खर्ब विप्रेषण आयात, विश्वास दिलाउन ठूलो संघर्ष
अ अ+ अ-

कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पु¥याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन ।

वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करीब–करीब असम्भव जस्तै थियो । अवैध रुपमा हुण्डीको कारोबार फस्टाउँदा कालो धनको कारोबार पनि मौलाएको थियो । जसका कारण राज्यले प्राप्त गर्ने राजश्वसमेत गुमेको थियो ।

नेपाल राष्ट्र बैंकले बीस वर्ष पहिले गरेको सामान्य नीतिगत निर्णयका कारण आज वैधानिक रुपमा विप्रेषण भित्रिएको मात्रै छैन । विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रकम सहजरुपमा आफ्ना आफन्तले एकाध मिनेटमा नै पाउने वातावरणसमेत बनेको छ ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महीनाको आर्थिक विवरणमा रु छ खर्ब ५३ अर्ब १९ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५।६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५र७६ मा रु सात खर्ब ५५ अर्ब ६ करोड बराबरको विप्रेषण आएको थियो । विप्रेषण आयातमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।

वैदेशिक रोजगारीको खोजीमा विदेशिएका युवाले पठाएको रकमले देशको अर्थतन्त्रलाई सबल बनाउन मात्रै मद्दत गरेको छैन, आर्थिक रुपमा पछाडि परेका नागरिकको जीवनस्तर सुधार गर्नसमेत मद्दत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार हाल ४८ वटा विप्रेषण कम्पनीले आफ्ना प्रतिनिधिमार्फत विदेशबाट नेपालमा पैसा मात्र पठाएका छैनन्, देशभित्रै पनि सहज रुपमा पैसा पठाउन सहयोग पु¥याएका छन् । त्यसबाट नागरिकलाई घर चलाउन, छोरा छोरी पढाउन तथा आर्थिक उपार्जनका काम गर्नसमेत सहयोग पुगेको छ ।

बैंकमार्फत अनेकन हैरानीका साथ पैसा पठाउने अवस्थाको अन्त्यका लागि केही व्यवसायीले प्रयास नगरेका भने होइनन् तर नीतिगत निर्णयको अभावमा उनीहरुको प्रयाससमेत सार्थक बन्न सकेको थिएन ।

राष्ट्र बैंकले विप्रेषण सम्बन्धी कानुनी व्यवस्था गरेपछि निजी क्षेत्रको तर्फबाट इन्टरनेशनल मनि एक्सप्रेस ९आइएमई० रेमिटेन्स कम्पनी स्थापना भयो । विसं २०५७ मा विदेशबाट पैसा पठाउन नेपालीले पाएको हैरानीलाई हटाउने लक्ष्यका स्थापित कम्पनी आइएमईले विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउने जग हाल्ने काम ग¥यो ।

आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालका अनुसार सन् २००१ मा मलेसियाबाट रामशरण थापाले आफ्ना आफन्तलाई ४७ हजार रकम विप्रेषणबाट पठाएका थिए । “त्यो दिन पैसा पठाउने थापा जति खुसी भए, त्योभन्दा बढी खुसी हामी भयौं । किनकी हाम्रो सपना पूरा भएको थियो ।”, ढकालले भने ।

शुरुमा नेपालीलाई विश्वास दिलाउन ठूलो संघर्ष

“वैधानिक रुपमा प्रविधिको प्रयास गरेर पैसा पठाउन सकिन्छ भन्ने हाम्रो प्रयासमा त्यो नै हाम्रा लागि सबैभन्दा खुसीको विषय थियो, किनकी नहुने काम गर्न थाले, कसरी सम्भव होला भन्दै हामीलाई नकारात्मक टिप्पणी गर्नेहरुका लागि समेत त्यो एउटा चुनौती थियो । जुन हामीले सामना गरेका थियौँ,” ढकालले त्यही दिन सम्झनु भयो र भन्नुभयो, “कतिले त पैसा पठाएपछि हामीलाई लड्डु लिएरसमेत आए ।”

सरकारले वैदेशिक रोजगारीका लागि दुई दशक पहिले मलेसिया खुला गरेपछि वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउने लक्ष्यका साथ आइएमई सो देश पुगेको थियो । “शुरुमा नेपालीलाई विश्वास दिलाउन ठूलो संघर्ष गर्नुप¥यो, व्यक्ति व्यक्तिलाई भेटेर तपाईले कमाएको पैसा हामी सुरक्षित तवरले तपाईको आफन्तलाई पु¥याइदिन्छौं भन्दासमेत पत्याउने अवस्था थिएन”, ढकालले भने, “वैदेशिक रोजगारीमा गएका युवा ठगिने क्रम पनि उस्तै थियो । घर खेत राखेर रोजगारीका लागि गएकालाई विश्वास दिलाउन ठूलै पापड पेल्नु प¥यो ।”

सन् २००० देखि सन् २०१९ सम्म आइपुग्दा आईएमईले मात्रै रु ३० खर्ब जति विप्रेषण भित्र्याएको ढकालको भनाइ छ । नेपाली पुगेका सबैजसो देशमा सो कम्पनीले सेवा पु¥याएको छ । मलेसिया, साउदी अरब, कतार, दक्षिण कोरिया, जापान र भारतबाट समेत सो संस्थाले नियमित रुपमा विप्रेषण नेपाल भित्र्याएको छ । नेपालमा विप्रेषण व्यवसाय शुरु गरेको आइएमई स्थापनाको १९ वर्ष पूरा भएको छ ।

राज्यलाई समेत फाइदा

विगत फर्केर हेर्दा तपाईलाई कस्तो लाग्छ रु भन्ने प्रश्नमा प्रबन्ध निर्देशक ढकाल भन्छन, “वैधानिक रुपमा सहज तरिकाले विदेशीएका नेपालीले पठाएको पैसा नेपाल ल्याउन सकिन्छ भन्ने सँस्कृति विकास गर्न सकिएको छ ।” वैधानिक तवरबाट विप्रेषण भित्र्दा त्यसले राज्यलाई समेत फाइदा भएको छ भने आम नागरिकलाई पनि सहज सेवा दिन सकिएको उनको भनाइ छ ।

स्थापनाको १९ वर्षमा आइपुग्दा सो संस्थाको देशभर १० हजार बढी शाखामार्फत नागरिकलाई सेवा दिएको छ । यस्तै आइएमई पेमार्फत सेवा दिने संस्थाको संख्या भने २५ हजारमाथि छ । विदेशमा नेपालीलाई भाषाको समस्या, ठाउँ नचिन्दा पैसा चोरी हुने हराउने समस्या हुन्थ्यो, जापानमा मैले पनि त्यही समस्या भोगेका कारण विप्रेषण कम्पनी स्थापना गर्ने प्रेरणा मिलेको ढकालको भनाइ छ । दुःखले विदेशिएका नेपालीले रगत र पसिना बगाएर कमाएको पैसा पठाउन पाउनु नै हाम्रा लागि सबैभन्दा खुसीको विषय भएको ढकालको भनाइ छ ।

विप्रेषण आप्रवाहमा आइएमईको हिस्सा ३० प्रतिशत

केन्द्रीय बैंकका अनुसार विप्रेषण आप्रवाहमा आइएमईको हिस्सा ३० प्रतिशतको हाराहारीमा छ । त्यस्तै प्रभु रेमिट, हिमालयन बैंक, सिटी एक्सप्रेसजस्ता संस्थाले पनि आफ्नो संयन्त्रमार्फत सेवा दिएका छन् । नेपालीलाई सहज रुपमा विप्रेषण सेवा दिने लक्ष्यका साथ स्थापना भएको विप्रेषण कम्पनीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर इन्टरनेट काटिदिएपछि सात दिन सबैभन्दा बढी दुःख पाएको ढकाल स्मरण गर्छन।

“आफ्नो व्यावसायिक जीवनको सबैभन्दा दुःखद् क्षण नै त्यही हो । नेपाली दाजु भाइ पैसा पठाउन काउण्टरमा लामबद्ध भएका छन्, नेपालमा इन्टरनेट काटिँदा सबैभन्दा दुःख लाग्यो । त्यही नै सबैभन्दा कठिन क्षण भयो मेरा लागि”, ढकालले स्मरण गरे । आम नेपालीले रेमिट्यान्स अर्थात् विप्रेषण पठाउने भन्ने बित्तिकै आज आइएमई सम्झनुको पछाडि लामो समयको मेहनत तथा उपभोक्तामैत्री सेवाको रुपमा अथ्र्याउछन्, ढकाल । भारतबाट मात्रै सो संस्थाले मुतुड फाइनान्सको सहकार्यमा मासिक रु दुई अर्ब बढी विप्रेषण भित्र्याउँदै आएको छ ।

प्रविधि र कार्यशैलीमा सुधार

सूचना प्रविधिमा आएको ठूलो परिवर्तनले विप्रेषण व्यवसायलाई समेत सहज बनाएको छ । विदेशबाट एक क्लिकमा नेपालमा पैसा पाउन सकिन्छ । प्रतिस्पर्धा पनि उत्तिकै छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल प्रविधिमा सुधार, उपभोक्तालाई बढीभन्दा बढी सहज सेवा दिने तर्फ लाग्नुपर्ने बताउछन् । यस्तै पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जाने परम्परागत प्रणालीमा समेत सुधार आएको छ ।

मलेसिया र खाडी मुलुकमा जाने नेपाली युवा पछिल्लो समय दक्षिण कोरिया, जापान, यूरोपेली देशहरुमा जान थालेका छन् । विप्रेषण भित्राउँदा लागत घटाएर कसरी बढीभन्दा बढी सरल मूल्यमा सेवा दिने भन्ने चुनौती थपिएको छ भन्नुहुन्छ, पोखरेल । नेपाल विप्रेषक संघका अध्यक्ष समेत रहनु भएका पोखरेल यस क्षेत्रमा अझै केही सुधारको आवश्यकता देख्छन ।

पुनः श्रम स्वीकृति दिँदा वैधानिक संरचनामार्फत विप्रेषण पठाएको कागजात पेश गर्नुपर्ने भन्ने व्यवस्था गर्न सके अवैध रुपमा पैसा पठाउने क्रमसमेत रोकिने उनको भनाइ छ । जे होस् नेपालको विप्रेषण भित्र्याउन आइएमईले गरेको प्रयासले आज देशमा वैधानिक रुपमा रकम भित्र्याउने संस्कारको समेत विकास भएको छ । यसलाई भने सकारात्मक रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।