१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई जेल चलान



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका देउजालाई रानीवनबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथ देवल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।