६ आश्विन २०८१, आईतवार
,
Latest
कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अष्ट्रेलियासँग हार्‍यो पाकिस्तान, खेर गयो मोहम्मद अमिरको ५ विकेट



अ+ अ-

काठमाडौं । अष्ट्रेलियले विश्वकप क्रिकेटमा पाकिस्तानलाई हराएको छ ।

बुधबार द कपर एसोसिएट्स कउन्टी मैदानमा भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि सल्लाहिएको थियो । इमाम उलहकले मोहम्मद हाफिजसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे ।

इमाम ५३ रनमा आउट भए । त्यसपछि पनि खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो र जितका लागि ३६ बलमा ४५ रन आवश्यक थियो ।

क्रिजमा सेट भइसकेका ब्याट्सम्यान कप्तान सर्फराज र वाहब थिए । तर ४५ औं ओभरमा खेल एकाएक अष्ट्रेलियाको पक्षमा गयो । ओभरको दोस्रो र चौथो ओभरमा मिचेल स्टार्कले विकेट लिए ।

अर्को ओभरको चौथो बलमा सर्फराज रनआउट भएपछि पाकिस्तान जित नजिकको खेलमा पनि हार्‍यो ।

अष्ट्रेलियाका लागि पेट कुम्मिन्सले तीन र मिचेल स्टार्क तथा केन रिचार्डसनले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो कप्तान आरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १४६ रनको साझेदारी गरे । तर अरु चल्न सकेनन् ।

उसका लागि वार्नरले शतक बनाए । उनले १११ बलमा ११ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । कप्तान एरोन फिन्च ८२ रनमा आउट भए ।

ग्लेन म्याक्सवेल २० रनमा आउट हुँदा स्टिभ स्मिथ १० रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानका लागि मोहम्मद अमिरले ५ विकेट लिए ।