६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवाः आन्दोलन चर्कदै : कीर्तिपुरमा गुठीसम्बन्धी विधेयक जलाइयो, बसन्तपुरमा मैनवत्ति जुलुस



अ+ अ-

काठमाडौं । सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकविरूद्ध काठमाडौंबाट सुरू आन्दोलनले तीव्रता लिन थालेको छ। विधेयकको विरोधमा कीर्तिपुरका स्थानीयले बुधबार साँझ प्रदर्शन गरेका छन् ।

कीर्तिपुरमा आयोजित शान्तिपूर्ण विरोध जुलुस नगाउँ दोबाटोबाट सुरु भई खासिबजार, बाघभैरव, तननि हुँदै लोकतन्त्र चोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालगत्तै सहभागीहरूले प्रस्तावित गुठीसम्बन्धी विधेयक जलाएका थिए।

विरोध प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता अनिश वैद्यले विधेयक जस्ताको तस्तै पारित भए नेवार समुदायको धर्म, संस्कृति, जात्रा र चाडपर्व मासिने बताए।

गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस

यता गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस निकालेका छन् ।

बसन्तपुर क्षेत्रमा भएको प्रदर्शनमा सहभागीहरुले एक हातमा मैनवत्ति बोकेका थिए भने अर्को हातमा ‘गुठी रहे जात्रा रहन्छ’, गुठीको जग्गा लुट्न पाइँदैन’, धर्म संस्कृति मास्न पाइँदैन’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन्।