१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सगरमाथा नाप्ने कार्कीलाई सम्मान

सगरमाथा नाप्ने कार्कीलाई सम्मान
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।

नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको भन्दै कार्कीलाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिङ्गो बागलुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

आफ्नो सहकारीको शेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शीर उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो । कार्की जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी हुनुभएको थियो । सगरमाथा आरोणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले प्रतिक्रिया दिनुभयो ।

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षण सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजङ्बु शेर्पासहित चैत २६ गते काठमाडौँबाट सगरमाथा मापनका लागि प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्याङ्क सङ्कलन गरी ९ गते काठमाडौँ फर्किएका थियो ।