१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हिंसात्मक प्रदर्शनले हङकङमा उग्र रुप लियो, प्रहरीद्वारा रबरको गोली र अश्रुग्यास प्रहार

हिंसात्मक प्रदर्शनले हङकङमा उग्र रुप लियो,  प्रहरीद्वारा रबरको गोली र अश्रुग्यास प्रहार
अ अ+ अ-

काठमाडौं । हङकङमा सुपुर्दगी सम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर जारी आक्रोशले हिंसाको रूप लिँदा सडकमा विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ।

बुधवार प्रदर्शन चर्कंदा विरोध प्रदर्शनकारीहरूविरुद्ध अश्रुग्यास, रबरको गोली आदि प्रयोग भएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई परै राख्‍न प्लाष्टिकको बारसहित कडा अवरोध सिर्जना गरेका छन् र अश्रुग्यास प्रहार हुनसक्ने चेतावनी सहितको ब्यानर प्रदर्शन गरेका दृश्य घटनास्थलबाट प्रत्यक्ष प्रसारण गरिरहेका समाचार च्यानलहरूमा देख्‍न सकिन्छ।

तर त्यसले प्रदर्शनकारीहरूलाई निरुत्साहित तुल्याउन सकेको जस्तो देखिँदैन र तिनीहरूले प्रहरीलाई आफूले पाएसम्मको बस्तुले प्रहार गरिरहेका छन्।


प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेका छन् भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्। हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द गरिएका छन् ।


प्रदर्शनकारीहरुको निसानामा पर्दै आएको हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरी कमिश्नर स्टिभन लो वाइ-चुंगले घटनाको प्रकृतिलाई दंगा जस्तो भनेका छन् र त्यसका लागि दोषीलाई १० वर्षको जेल सजाय हुनसक्ने बताएका साउथ चाइना मर्निंग पोष्ट पत्रिकाले जनाएको छ।

सुपुर्दगीसम्बन्धी कानुनमा संशोधन गर्न ल्याइएको उक्त विधेयकका आलोचकहरू चीनको न्याय प्रणालीमा यातना, जथाभावी थुना र जबर्जस्ती झुठो बयान दिन लगाउने जस्ता अभ्यास हुने गरेको आरोप लगाउने गर्छन्।

हङकङ सरकारले यो विधेयकका सम्बन्धमा कानुनीरूपमा बाध्यकारी मानवअधिकार सम्बन्धी प्रावधानहरू र अन्य उपायहरू पनि अवलम्बन गरिने हुँदा आलोचकहरूको चिन्ताको सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरेको छ।


सरकारले उक्त विधेयकलाई अघि बढाउँदैछ जसले मुख्य भूमि चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन सहज तुल्याउने छ।उक्त विधेयक जुन २० मा हुने अन्तिम मतदानपछि पारित हुने अनुमान गरिएको छ।

चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङ अशान्त छ । तर हङकङको विधायिका परिषदले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको छ।

हङकङ सरकारले यो विधेयकका सम्बन्धमा कानुनीरूपमा बाध्यकारी मानवअधिकार सम्बन्धी प्रावधानहरू र अन्य उपायहरू पनि अवलम्बन गरिने हुँदा आलोचकहरूको चिन्ताको सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरेको छ।

तर यो विधेयकबारेको विवादले हङकङ सन् १९९७ मा ब्रिटेनबाट चिनको मातहतमा आए यताकै सबैभन्दा ठूला विरोध प्रदर्शनहरू निम्त्याइरहेको छ।

बेइजिङ–समर्थक विधायिका परिषदले भनेको छ बुधवार हुने भनिएको परिषदको बैठक अब पछि कुनै समयमा हुनेछ। तर त्यस्तो समय निर्धारण भने गरिएको छैन।

दशकौंपछि हङकङमा प्रदर्शनकारीहरूविरुद्ध रबरको गोली प्रयोग भएको यो पहिलोपल्ट हो।हालसम्म २२ जना घाइते भएका बताइएको छ भने ति मध्ये कसैको पनि अवस्था चिन्ताजनक छैन।

हिंसात्मक प्रदर्शनको भोलिपल्ट बिहीबार बिहान हङकङ स्तब्ध देखिएको बीबीसीले जनाएको छ ।

विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकलाई लिएर चलेको प्रदर्शनले उग्र रुप लिन थालेपछि मुख्य भूमि चीनतर्फ सुपुर्दगी गर्न ल्याइएको विधेयकबारेको छलफल पछि गर्ने भन्दै स्थगन गरिएको छ ।