६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु



अ+ अ-
फोटोः सामाजिक संजाल

काठमाडौं । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।