१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

यमनी विद्रोही समूहद्वारा विहानपख ड्रोन आक्रमण, २६ जना घाइते

यमनी विद्रोही समूहद्वारा विहानपख ड्रोन आक्रमण, २६ जना घाइते
अ अ+ अ-

काठमाडौं । यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमा मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ ।

विहानपख भएको ड्रोन आक्रमणलाई गठबन्धनले अन्तर–सीमा आतकंवादको संज्ञा दिएको छ ।

गठबन्धनले जारी गरेको एउटा वक्तव्यमा आक्रमणपछि हुथीले इरानको समर्थन पाइरहेको प्रमाणीत भएको बताएको छ । आक्रमण अभा विमानस्थलको आगमन कक्षमा भएको र तयसले भौतिक क्षति पनि पु¥याएको उनले बताए ।

आक्रमणका कारण आठ जनालाई अस्पताल भर्ना गर्नु परेको भए पनि बाँकीलाई सोही स्थानमा उपचार गरिएको वक्तव्यमा भनिएको छ ।

हुथीद्वारा संचालित मसिरा टीभीले आफू सम्बद्ध फौजले अभा विमानस्थलमा ‘क्रुज मिसाइल’ आक्रमण भएको बताएको थियो । विमानस्थल यमनको सिमानाभन्दा २०० किमी उत्तरमा रहेको छ ।

विमानस्थल आन्तरिक र क्षेत्रीय रुटको रुपमा काम गथ्र्यो । साउदी अरबको नागरिक उड्यन निकायका अनुसार हवाई ट्राफिक सामान्य अवस्थामा छ ।

तर कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भइनसकेको अलजजिराले जनाएको छ । तर इरानी उच्च प्रविधिको हतियार भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ ।

हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको थियो । बिहीबार भएको उक्त घटनाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

साउदी अरबीया र संयुक्त अरब एमिरेटले यमनमा अन्तराष्ट्रिय रुपमा स्वीकृत प्राप्त सरकार पुनरस्थापित गर्ने भन्दै सन् २०१५ देखि आक्रमण गरिरहेको छ । विद्रोही हुथीले सन् २०१४ को अन्तिममा राजधानी सानाको सरकारलाई लखेटेको थियो ।