१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मौसम अप्डेट : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरीको सम्भावना

मौसम अप्डेट : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरीको सम्भावना
अ अ+ अ-

काठमाडौं । देशभर आज मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार सामान्य बदलीसहित केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।

उनका अनुसार आज मध्यभागमा साँझपख मेघ गर्जनसहित पानी आउने सम्भावना रहेको छ ।

राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जेठ ३० गते (बिहिबार)
दिउँसोः देशभरिनै आशिंकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिः देशको पश्चिमी भु(भागमा सामान्यदेखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु–भागमा आशिंकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु(भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार)
दिउँसोः देशको पुर्वी भु–भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु–भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिः देशको पुर्वी भु–भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु–भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ।

त्यस्तै, आज सबभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ।