६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरलान्ड मेन्डीलाई पनि रियलले अनुबन्ध गर्यो, ६ वर्षका लागि खेल्ने



अ+ अ-

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले फ्रेन्च क्लब लियोनका डिफेन्डरमा फेरलान्ड मेन्डीलाई अनुबन्ध गरेको छ ।रियलले बुधबार लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो ।

फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् ।

यसअघि चेल्सीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका बेल्जियमका फरवार्ड इडेन हाजार्डलाई रियलले अनुबन्ध गरेको थियो । हजार्ड म्याड्रिडमा ५ वर्षका लागि अनुबन्ध भएको स्पेनीस मिडियाहरुले जनाएका छन् । हजार्डलाई भित्र्याउन मड्रिडले ८८ मिलियन पाउण्ड तिरेर छ ।

त्यस्तै फ्यांकफटबाट ५ करोड ३० लाखमा लुका योभिचलाई अनुबन्ध गरेको थियो ।

पूर्व पेरिस सेन्ट जर्मनका खेलाडी रहेका मेन्डीले लियोनका लागि गत वर्ष च्याम्पियन्स लिगका सबै खेलसहित ७९ खेल खेलेका थिए।