१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजपाद्वारा सरकारविरुद्ध सडक संघर्षमा उत्रने चेतावनी

राजपाद्वारा सरकारविरुद्ध सडक संघर्षमा उत्रने चेतावनी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले संसद छाडेर सरकारविरुद्ध सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

सरकार संविधान संशोधन र कार्यान्वयनमा प्रतिवद्ध नभए आफूहरु सदन छाडेर सडक संघर्षमा जाने कर्णको चेतावनी छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी दिए ।

‘हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जादाको समयको याद होला तपाईंलाई ? यही ठाउँबाट हामी गएका हौं बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु,’ कर्णले भने, ‘सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईंहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

काठमाडौको माईतीघर मण्डलामा दिनहुँ आन्दोलन र जुलुश भईरहेको भन्दै उनले संविधानको कार्यान्वनयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकार र संबैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप लगाए ।