७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्ट शासकले गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुन्छ : सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पुर्ब महामन्त्री प्रकाशमान सिंहले पार्टि संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौति रहेको बताएका छन् ।

आज नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले बिरगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको बताए । तर उनले आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितिमा कांग्रेस रहेको बताएका छन् ।

सरकार एकपछि अर्को गरि बिवादस्पद मुद्दामा फसिरहेको बताउदै उनले जनभावनको ख्यालै नगरी मनोमानि ढंगले प्रस्तुत हुनु दुखद रहेको बताए ।

मुलुकको ऐतिहासिक धर्मको नाश गर्नैे शैलिमा सरकारले गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुने चेतावनी दिए । उनले उक्त विधेयकबाट नै सरकारले कम्युनिस्ट शासनको सुरुवाती प्रयास गरेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।