१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्ट शासकले गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुन्छ : सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पुर्ब महामन्त्री प्रकाशमान सिंहले पार्टि संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौति रहेको बताएका छन् ।

आज नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले बिरगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको बताए । तर उनले आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितिमा कांग्रेस रहेको बताएका छन् ।

सरकार एकपछि अर्को गरि बिवादस्पद मुद्दामा फसिरहेको बताउदै उनले जनभावनको ख्यालै नगरी मनोमानि ढंगले प्रस्तुत हुनु दुखद रहेको बताए ।

मुलुकको ऐतिहासिक धर्मको नाश गर्नैे शैलिमा सरकारले गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुने चेतावनी दिए । उनले उक्त विधेयकबाट नै सरकारले कम्युनिस्ट शासनको सुरुवाती प्रयास गरेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।