१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल द्रुत आर्थिक विकास र समुन्नतिको मार्गमाः उपाध्यक्ष ढकाल

नेपाल द्रुत आर्थिक विकास र समुन्नतिको मार्गमाः उपाध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नेपालमा स्थिर सरकार र सुदृढ व्यवसायिक वातावरण बनेको बताउँदै द्रुत आर्थिक विकास र समुन्नतिको मार्गमा अगाडि बढेको बताएका छन् ।


अन्र्तराष्ट्रिय श्रम संगठनको १०८औं वार्षिक समारोहका अवसरमा स्विजल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै ढकालले स्थिर सरकार, सुदृढ व्यवसायिक वातावरण, युवाहरुको ठूलो संख्या तथा लगानिका प्रसस्त संभावनाहरुले गर्दा नेपाल अहिले उच्च आर्थिक वृद्धिको चरणमा रहेको बताएका छन् ।


पर्यटन, भौतिक पूर्वाधारको विकास, कृषि व्यवसाय र उत्पादनमूलक क्षेत्रमा रहेका अधिक सम्भावना र उच्च प्रतिफल, तथा विश्वका दुई ठूला अर्थतन्त्रसँगको सहज पहुचले गर्दा नेपाल सम्भावनै सम्भावनाको खानी बन्ने धारणा व्यक्त गरे ।


“हामीले दिगो र समावेशी आर्थिक विकास प्रवद्र्धन गर्ने, धेरै भन्दा धेरै रोजगारिका अवसरहरु सृजना गर्ने र राम्रो रोजगारिको अवसर सृजना गर्ने उद्देश्य राखेका छौं । हामीलाई लाग्छ सहकार्य र वार्ताको माध्यम नै हामीलाई हाम्रो लक्षसम्म पु¥याउने उचित माध्यम हो” उनले भने ।
नेपालको कानुन र नियमहरुका बारेमा बताउँदै, ढकालले सहकार्य र वार्ताको माध्यमबाट श्रमिक र रोजगारदाताबीच सहमतीको वातावरण बनाएर नेपाल नमुना समेत बनेको उनले बताए ।


“हामीले वार्ताको माध्यमबाट धेरै समस्याहरु समाधान गर्न सफल भएका छौं । हालै नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना यसको एउटा उदाहरण हो” उनले भने ।
श्रमको भविष्य व्यवसायको भविष्यमा निर्भर रहने बताउँदै उनले सबैको सामुहिक प्रयास र उपर्युक्त व्यवसायिक नीतिले मात्र व्यवसायिक क्षेत्रको दिगोपना सुनिश्चित गर्न सकिने बताए ।


उनले श्रमको भविष्यसम्बन्धी ग्लोबल प्रतिवेदन रोजगारदाताका लागि श्रमिक बजारमा देखिएको सीपको अन्तरलाई सम्बोधन गर्दै आजको वर्तमान परिवर्तित अवस्थामा व्यवसायको मोडालिटि बनाउन सहयोगी हुने बताए ।


ढकालले आजको वर्तमान अवस्थामा उत्पन्न नयाँ चुनौतिहरुको समाधान गर्दै असमानता विरुद्धको यात्रा जारी राख्दै सामाजिक न्याय प्रवद्र्धन गर्न सरकार, रोजगारदाता र श्रमिकबीचको तीन पक्षीय सहकार्य आवश्यक रहेको जनाए ।