६ आश्विन २०८१, आईतवार
,
Latest
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम र उपेन्द्रले दर्ता गरे नयाँ दल, सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने चेतावनी



अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता भएको छ ।

तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन्।

पार्टी दर्ता गराउन अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव पुगेका थिए ।

एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने नेता प्रकाश अधिकारीले जानकारी दिए । एक हुनुअघि फोरमले मसाल र नयाँ शक्तिले आँखालाई चुनाव चिन्ह बनाएका थिए। स्थानीय चुनावमा भने नयाँ शक्तिले फोरमको मसाल चिन्ह प्रयोग गरेको थियो।

२५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ । केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् ।

पार्टीको वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेण्कुमार यादव, लालबाबु राउत,महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । दुईजना सचिव पछि थपिनेछ ।

पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए।

अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए।

यादवले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए । केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने चेतावनी दिए ।