१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तनहुँमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, १० जनालाई काममा खटाइयो

तनहुँमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु,  १० जनालाई काममा खटाइयो
अ अ+ अ-

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव दाहघाटसम्म जाने सिढी निर्माण थालिएको छ ।

उक्त वडाका २२ जनाले न्यूनतम रोजगारमा सङ्लग्न हुन निवेदन दिएकोमा १० जनालाई काममा खटाइएको रोजगार सेवा केन्द्रका प्रमुख प्रतिभा जिसीले जानकारी दिए । जिसीका अनुसार शुक्लागण्डकी नगरपालिका–२ मा रोजगार कार्यक्रममार्फत सामुदायिक भवन निर्माण शुरु भएको छ । उक्त भवन निर्माणका लागि ११ जनालाई खटाइएको छ ।

उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिढी निर्माण र सामुदायिक भवन निर्माणको काम शुरु भएको छ । नगरपालिकाका अन्य वडाहरुमा समेत केही दिनभित्रमा काम शुरु हुनेछ ।”

पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम शुक्लागण्डकीमा मोटरमार्ग, नाला, सिढी, पाइप विस्तार, कुलोमर्मत लगायतका योजना छनौट गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा नगरपालिकालाई रु २९ लाख बजेट प्राप्त भएको छ ।

यस कार्यक्रमअन्तर्गत वडा नं १ मा फेदी अर्चले मोटरमार्ग, २ मा सामुदायिक भवन निर्माण, ३ मा पौवा कवासे नाला निर्माण, ४ मा सिढी निर्माण, ५ मा व्यावसायिक कृषकको खोर निर्माण, ६ मा शान्तिकुनामा सिढी निर्माण, ७ मा दलित बस्ती, टुडा घुम्ती नाला निर्माण, ८ मा ढोरफिर्दी खानेपानी योजना ट्याङ्की निर्माण तथा पाइप विस्तार, ९ मा साउन कुनादेखि सारीकुनासम्म कुलो मर्मत, १० मा कोलम्फे गाउँपोखरी चौतारो निर्माण, ११ मा ढुङ्ढुङ्गे सिँचाइ जरेवर, मुहान तथा कुलो मर्मत र १२ मा रातामाटादेखि पौवासम्म बाटो मर्मत गर्नेसम्मको योजना छनौट गरिएको छ ।

उक्त योजनाहरुमा काममा खटिने बेरोजगारका लागि वडा नं १ र ४ मा रु तीन÷तीन लाख, वडा नं २, ३, ५, ६, ७, ८, ९, १०, १२ मा रु दुई÷दुई लाख र वडा नं ११ मा ५ लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लाको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भइसकेको छ भने अन्य स्थानीय तहमा समेत शुरु हुने तयारीमा छ ।

अनुदान पाउने घरवास थप

पर्यटन पूर्वाधार निर्माणका लागि अनुदान कार्यक्रमअन्तर्गत तनहुँबाट ४७ घरवास छनौट भएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधार निर्माणका लागि अनुदान दिने कार्यक्रमको घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत तनहुँमा पहिलो चरणमा ३३ र दोश्रो चरणमा १४ गरी कूल ४७ घरवास छनौट भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराललका अनुसार, घिरिङ गाउँपालिका–३ स्थित उवाचोक सामुदायिक घरवास, भिमाद नगरपालिका–२ स्थित रघु घरवास, देवघाट गाउँपालिका–२ स्थित कोटदेवी घरवास, आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्क घरवास, भिमाद नगरपालिका–९ स्थित पाथर्दी घरवास, भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङ घसवास छनौटमा परेका छन् ।

त्यस्तै आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी घरवास, भिमाद नगरपालिका–७ स्थित राङरुङ घरवास, शुक्लागण्डकी नगरपालिका–२ स्थित भुजिकोट घरवास, भानु नगरपालिका–५ स्थित नावरुङ घरवास, भानु नगरपालिका–४ स्थित रानागाउँ भालडाँडा घरवास, देवघाट गाउँपालिका–२ स्थित खाल्टे घरवास, देवघाट गाउँपालिका–४ स्थित काफलडाँडा घरवास र देवघाट गाउँपालिका वडा नं ५ स्थित देवपुर सामुदायिक घरवास पनि छनौटमा परेका छन् ।

यसअघि छनौट भएका ३३ वटा सामुदायिक घरवाससँग अनुदानका लागि सम्झौता भई पहिलो किस्ता बापतको रकम प्रदान गरिएको प्रमुख बरालले बताए । दोस्रो चरणमा छनौट भएका १४ घरवासलाई अनुदानका लागि आउन पत्राचार गरिएको छ ।

घरवास सञ्चालनका लागिरु १० लाख अनुदान दिइने व्यवस्था गरिएको छ । त्यसका लागि सञ्चालनकर्ताले अनुदान रकमको १० प्रतिशत अर्थात् रु एक लाख अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था सो सम्बन्धी कार्यविधिमा छ । सरकारले घरवास चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्यवधि पनि बनाएको छ ।

घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । घरवास गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधिमा छ ।

घरवास व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सङ्ग्राहलय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग बनाउन यो रकम खर्च गर्न सक्ने जनाइएको छ ।