६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिन्छु : मन्त्री यादव



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता गराउन पुगेका उनले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए । केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने चेतावनी दिए ।

अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गरे । उनले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको जिकिर गरे । यादबले संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए।